लामो समयको कसरत पछि संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल चौथो पटक विस्तार गरे । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फोरमका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता इस्तियाक राईले मन्त्रीको सपथ लिए । यादवले स्वास्थ्य मन्त्रालय र राईले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । परराष्ट्र मन्त्रालय दाबी गर्दै आएका यादवले अन्तत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन त्यार भएका हुन् । यादवले मन्त्रीमण्डल सदस्यहरुको वरीयतामा तेस्रो स्थान पाएको बताइएको छ । सरकारको उपप्रधानमन्त्रीमा अब यादव र रक्षामन्त्री ईश्वर पोखरेल रहनेछन् । यसअघि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहेका गोकुल बास्कोटाले भने फुल मन्त्रीको जिम्मेवारी पाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend