शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मेलम्चीको सुरुङ निरीक्षण थालिने

मेलम्चीको सुरुङ निरीक्षण थालिने

;'?ªdf kfgL xfn]/ k/LIf0f d]nDrL,@! c;f/M d]nDrL vfg]kfgL cfof]hgfsf] d'Vo ;'?ªdf k/LIf0fsf nflu kfgL xflnFb} . cfOtaf/ laxfg ( ah] d'Vo ;'?ªdf kfgL xflnPsf] cfof]hgfn] hgfPsf] 5 . sf7df8f}Ftkm{ kfgL hfg] ;'?ª aGb u/]/ cfof]hgfsf] klxnf] cl86 dfu{af6 kfgL k/LIf0f ul/Psf] xf] . tl:a/M b]j/fh ;'j]bL÷/f;;

 

काठमाडौं  ।काठमाडौँ उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो ।

सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।”

उहाँका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ ।

सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend