सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आइतबार स्वदेश फर्कँदै नेपाली फुटबल टिम

आइतबार स्वदेश फर्कँदै नेपाली फुटबल टिम

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आइतबार स्वदेश फर्कँदै छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका तीन र एक मैत्रीपीपूर्ण खेलपछि नेपाली टिम स्वदेश फर्कन लागेको हो।

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम गत जेठ ११ गते मंगलबार इराक प्रस्थान गरेको थियो। विश्वकप छनोटको तयारीका लागि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालले ६–२ गोलको पराजय बेहोरेको थियो।

विश्वकप छनोटका तीन खेलका लागि जेठ १६ गते नेपाली टिम स्थलमार्गबाट न्युट्रल भेन्यू कतारमा पुगेको थियो। कतारमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेको थियो। पहिलो लेगका सबै खेल अवे मैदानमा खेलेको नेपालले कोभिड(१९ को प्रभावका कारण दोस्रो लेगको खेल कुवेतमा खेलेको हो।

नेपालले दोस्रो लेगमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो। त्यस्तै जोर्डन र अस्ट्रेलियासँग भने समान ०–३ गोलको हार बेहोरेको थियो। त्यसअघि कुवेतसँगको खेल भने भुटानमा खेलेको थियो। विश्वकप छनोटको खेलपछि नेपाली टिम भोली हङकङ हुँदै नेपाल फर्किने टिमका सदस्यले जानकारी दिएका छन्।

इराक र कुवेत भ्रमणका दौरान ५ युवा खेलाडीले डेब्यूसमेत गरेका छन्। टिममा परेका ६ नयाँ खेलाडीमध्ये पाँच खेलाडीले डेब्यूको अवसर पाए भने गोलकिपर विशाल सुनारले भने डेब्यूको अवसर पाएनन्। डेब्यू गर्नेमा मनिष डाँगी, गौतम श्रेष्ठ, आयुष घलान, कमल श्रेष्ठ र सुरज ठकुरी थिए। विश्वकप छनोटका ८ खेलमा नेपालले दुई जित र ६ हार व्यहोरेको छ।

विश्वकपको अर्को चरणमा पुग्न नसकेको नेपालले एसिया कप छनोट खेलका लागि प्ले अफ खेल्नुपर्ने भएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend