पोखरा । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा बिहीबार पक्राउ परेका गणेश लामा शुक्रबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार जरिवाना लिएर छाडेको हो ।
प्रहरीले उनलाई लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार कारबाहीका लागि प्रशासनमा पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले बताए । अध्यादेशमा निषेधाज्ञा उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend