भोजपुरमा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका निवासी ३५ वर्षीय पुरुष रहेका छन् ।
विगत एक वर्षदेखि उनले ललाइफकाइका साथसाथै डर त्रास देखाई आफ्नै छोरीलाई जबरजस्ती करणी गर्दै आइरहेको सूचना थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पक्राउ गरेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend