शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओलि, बिद्या र बादल हिजोका ज्ञानेन्द्र भन्दा नालायक भएः खतिवडा

ओलि, बिद्या र बादल हिजोका ज्ञानेन्द्र भन्दा नालायक भएः खतिवडा

 

 

काठमाडौँ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलमाथि नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले देश र जनताको भलोको लागि राजनीतिमा लागेको बाटो भुलेको आरोप लगाएका छन् । परिवारको उन्नतीमा लागेको खतिवडाले बादलमाथि यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा बादलकी श्रीमती नैनकला थापा संचारमन्त्रीमा नियुक्त भएपछि नेता खतिवडाको यस्तो अभिव्यक्ती आएको हो । विपक्षी पार्टीका नेता खतिवडाले एक अनलाइन कार्टुनलाई सामाजिक सञ्जालमा शेयर गर्दै जनता र देशको भलो गर्न माओवादीमा लागेका बादललाई अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको दिब्य ज्ञान प्राप्त भएको उल्लेख गरेका छन्।

‘अब जनतामा जादा छोराछोरीका भलोकालागि आए है भनेर नयाँ नारा लिएर जाने होलान् ! लाज पचेका ओलि, बिद्या र बादल हिजोका ज्ञानेन्द्र भन्दा नालायक भए।’ उनले ट्वीट गरेका छन्।

यस्तो छ उनको भनाईः

जनता र देशको भलो गर्न माओवादीमा लागेका बादल अहिले (ओलि बिधाको)दिब्य ज्ञान प्राप्त पछि श्रीमतीको सारीबादि भएर परिवारको उन्नतिमा लागेछन ! अब जनतामा जादा छोराछोरीका भलोकालागि आए है भनेर नयाँ नारा लिएर जाने होलान् ! लाज पचेका ओलि,बिद्या र बादल हिजोका ज्ञानेन्द्र भन्दा नालायक भए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend