शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गणेश लामा पोखराबाट पक्राउ

गणेश लामा पोखराबाट पक्राउ

 

 

पोखरा । गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । निषेधाज्ञाका बेला पोखरा किन आए भन्ने खुलेको छैन ।

कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले लामा निषेधाज्ञाका बेला किन आएको भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । ‘अरु कुनै विषय होइन, यो निषेधाज्ञा उल्लंघन भयो कि भन्ने हो,’ उनले भने, ‘सोधपुछकै क्रममा छौं ।’

 

लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ ।

उनी कहिले आए भन्ने पनि खुलेको छैन । लेकसाइडको एक होटलमा बसेका लामालाई पछि अर्को रेष्टुरेन्टमा गएका बेला दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend