सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने

सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने

सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । उक्त विधेयक कानुन आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाईसकेको बताईन्छ । उक्त विधेयकमा भनिएको छ आधारभुत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्यालयमा भर्ना भई माध्यमिक तहसम्म अध्ययन गर्दा उनीहरुसँग भर्ना शुल्क, अध्ययन गर्दा वा परीक्षामा सामेल हुँदा निज वा निजको अभिभावकबाट भर्ना मासिक, वा अध्ययन शुल्क कुनै नाममा शुल्क दस्तुर, सहायता, चन्दा दान वा अनुदान लिन सकिने छैन । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend