शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री ओली झस्किने गरी झलनाथ खनालले दिए अहिले सम्मकै यस्तो कडा अभिब्यक्ति

प्रधानमन्त्री ओली झस्किने गरी झलनाथ खनालले दिए अहिले सम्मकै यस्तो कडा अभिब्यक्ति

v'nf dGrdf cfof]hLt Pdfn]sf] k|yd /fli6«o k|ltgLwL kl/ifb j}7s;df/]fxnfO ;Djf]wg ub}{ cWoIf emngfy vgfn . tl:j/ k|lbk/fh jGt /f;;

फाइल तस्बिर

 

ओखलढुंगा । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको अहंकारवादले पार्टी एकतामा समस्या आएको बताएका छन् ।

‘वर्तमान राजनीतिक संकट, भावी चुनौती र विद्यार्थीहरुको भूमिका’ विषयक भर्चुअल छलफलमा बोल्दै नेता खनालले यस्तो बताएका हुन । उनले ओलिको ६ बुँदे आह्वान राजामहाराजको इतियार (अपील) जस्तो भएको टिप्पणाी गरे ।

‘ओलीको अहंकार र अस्थिर प्रवृतिले संविधान, गणतन्त्र र पार्टी नै ध्वस्त भएको छ, एकताको आह्वान सामन्ती राजामहाराजको जस्तो इतियार मात्रै हो’, उनले भने ।

ओली सामन्तवादको नाइकेजस्तो बन्न थालेको खनालको टिप्पणी छ । उनले थपे, ‘सामान्तवादी शासनमा एउटाले शासन गर्छ, अरुले उसको आदेश चुपचाप सुनेर मान्छ, ओली ठिक त्यही बाटोमा अघि बढे ।’

तीन वर्षमा १८ पटक मन्त्रिपरिषद पुनर्गठन भएको, नागरिकता वितरण चकलेट होइन भनेको तीन वर्षपछि आफैंले अध्यादेश ल्याएर राष्ट्रघात गरेको आरोप खनालले ओलीमाथि लगाएका छन् ।

एमाले नेपाल–खनाल निकट अनेरास्ववियुको केन्द्रीय कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै खनालले अस्थिरता र अराजकताको कारण ओलीको विस्थापनपछि मात्र संकटको समाधान हुने दाबी गरे ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend