सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भेरीमा हराइरहेकी दीपाको भेटियो शव

भेरीमा हराइरहेकी दीपाको भेटियो शव

 

 

पश्चिम रूकुम । भेरी नदीमा बगेर बेपत्ता भएकी रूकुम पश्चिमको चौरजहारी नगरपालिका १२ दुरनेटाकी १६ वर्षीया दीपा डाँगीको शव फेला परेको छ।

चौरजहारी नगरपालिका ३ स्थित भेरी नदीमा बिहीबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए।

मंगलबार दिउँसो भेरीमा रामबहादुर डाँगी बगेपछि दीपा र उनकी बहिनी गीता दाइलाई बचाउन नदीमा हेलिएका थिए।

केहीबेरमा रामबहादुर र गीताको उद्धार गरिए पनि दीपा बेपत्ता भएकी थिइन्। उद्धार गरिएकी गीताको जाजरकोट जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ। रामबहादुरको उपचार जारी छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend