सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज प्रदेश १मा नीति तथा कार्यक्रम पेश हुँदै

आज प्रदेश १मा नीति तथा कार्यक्रम पेश हुँदै

 

विराटनगर ।प्रदेश नं १ को आर्थिक वर्ष २०७८\७९ को नीति तथा कार्यक्रम बिहिबार प्रदेशसभामा पेश हुँदैछ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपराह्न ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन पुग्न प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिइएको छ।

यसअघि सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८\७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। विनियोजन विधेयकमाथिको छलफल बुधबार नै सकिएको छ।

कोरोना भाइरसको महामारीका कारण छलफललाई छोट्याइएको थियो । कोरोनाका कारण देखाउदै प्रदेश सरकारले आर्थिक ऐन संसोधन गदै १५ दिनको प्रि बजेटको समय पाँच दिनमा भरेको थियो । १५ दिनको समयसिमा छोट्याएर पाँच दिनमान झारेपछि विपक्षी दलहरु सत्तापक्षसँग रुष्ट बनेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend