विराटनगर । मोरङको केराबारी गाउँपालिकाबाट हतियारसहित दुई जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । केराबारी ९ देविझोडाका गणेश लिम्बू र बेलबारी २ का पदमकुमार लिम्बूलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
उनीहरुले पेस्तोल लुकाएर राखेको सुचना पाएपछि खानतलास गर्दा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुको कोठाबाट पेस्तोल १ थान र ५ थान गोलि बरामद गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
अन्य घरेलु हतियारसमेत फेला पारिएको हुनाले उनीहरुलाई हातहतियार तथा खरखजना कसूरमा थप अनुसन्धान भइरहेको बेलबारी प्रहरीले जनाएको छ
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend