शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लागु औषधसहित दुई पक्राउ

लागु औषधसहित दुई पक्राउ

 

 

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । भिनपावडा नं ४ सुन्दरा टोलस्थित बार्ह्रसिंगा होटल एण्ड लजका संचालक भुवन साहुलाई खैरो हेरोइन १.४२ ग्रामसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी बेलौरी नगरपालीका(९ रतनपुर खजुवाबाट १९ वर्षीय गोपाल ठगुन्‍नालाई चेक जाँच गर्दा निजको साथबाट लागु औषध खैरो हेरोइन जस्तो पदार्थ १२ ग्राम २० मिलिग्रामसहित नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend