काठमाडौं । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दोस्रो तहका नेताबीच मंगलबार भएको भेटवार्ता सकिएको छ। नेकपा एमालेको एकता जोगाउन भनेर ललितपुरको कुपण्डोलस्थित एक होटलमा वार्ता भएको थियो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दोस्रो तहका नेता सहभागी थिए।
ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्ण रिमाल सहभागी थिए। यस्तै, नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए। दुवै पक्षका नेताबीच छलफल भएपनि कुनै निष्कर्षमा भने नपुगेको नेताहरुले जनाएका छन्। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य नेम्वाङले पार्टी एक राख्ने विषयमा सकारात्मक कुराकानी भएको बताए।
अहिलेको अवस्थामा वार्तालाई जारी राख्ने भन्ने समझदारी बनेको पनि नेम्वाङले बताए। ‘वार्ता जारी रहन्छ, आज अरु केही नबोलने कुरा छ,’ वार्तापछि नेम्वाङले भने, ुहामीहरू पार्टी एकताको पक्षमा निरन्तर छलफलमा छौं, निरन्तर जारी रहन्छ।ु
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend