झापा । प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेतले अनलाइन पोर्टलहरुलाई नियमन र वर्गीकरण गर्ने तथा लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलव्ध गराउन पहल गर्ने बताएका छन । झापाको दमकमा मंगलबार पत्रकारहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् । विद्युतीय सञ्चार माध्यमहरुको व्यवस्थापन, नियमन र संरक्षण आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए । उनले अनलाइनहरुका साथै युट्युवहरुलाई पनि व्यवस्थापन गर्ने बताए ।

सुचना विभागसँग समन्वय गरी प्रेस पास वितरण तथा नवीकरणलाई सरल पार्ने, स्थानीय सञ्चार माध्यमहरुलाई दर्विलो पार्ने तथा पत्रकारहरुको वृति विकासमा प्राथमिकताका साथ कार्यक्रम ल्याउने उनले प्रतिवद्धता जनाए ।
केही दिन अघि निधन भएका ब्रोडकाष्टिङ् एशोसिएसन नेपाल बानका अध्यक्ष चन्द्र न्यौपाने प्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी झापा पुगेको बेला सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।
यसैगरी काउन्सिलका सदस्य गणेश पोखरेलले सञ्चार माध्यमलाई प्रभावकारी बनाउन तथा पत्रपत्रिकाको वर्गीकरणलाई नियमित र पारदर्शी बनाउन पहल थालिएको जनाएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend