काठमाडौँ । शान्त नेपाल समाजले श्रमिक तथा विपन्न वर्गलाई खाना खुवाउने अभियानको सुरुवात गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण उपत्यकाका श्रमिक, विपन्न वर्ग तथा असहायहरू सबै भन्दा बढी प्रभावित भएकोले समाजले आईतवार २३ गतेदेखी एक छाक खाना खुवाउने अभियान सुरु गरेको हो ।

शान्त नेपाल समाजका अध्यक्ष सुरेन्द्र खड्काका अनुसार आईतवार २३५ जनालाई खाना खुवाइएको छ । मैतिदेवी, सानो गौचरण लगायत तिलगंगा क्षेत्रमा वसोवास गर्ने श्रमिक तथा विपन्न वर्गलाई लक्षित गर्दै हामीले खाना खुवाउने अभियान सुरु गरेका छौँ । शान्त नेपाल समाजका अध्यक्ष खड्काले भन्नुभयो, एक छाक खान नपाएर समस्यामा रहेका मानिसहरुलाई खोइ कसैले हेरेको देखेनौँ, अनी हामी शान्त नेपाल समाजमा आवद्ध युवाहरुले हामीहरुले नगरे कस्ले गर्नेु भन्ने सोँचका साथ यो अभियान सुरु गरेका हौँ ।”
समाजका कोषाध्यक्ष सुरज थापाका अनुसार दैनिक एक छाक खानाको व्यवस्था गर्दा करीब १५ हजार खर्च लाग्ने गरेको छ । पहिलो दिन २३५ जनालाई खाना खुवायौँ । सुरक्षा मापदण्ड अपनाएर मोटार्साइकल, स्कुटर लगायतका साधन प्रयोग गरेर उहाँहरु वसोवास गर्ने ठाउँमै गएर खाना दिएर आयौँ ।” समाजका कोषाध्यक्ष थापा भन्नुहुन्छ, ूयस्मा लागेको खर्च समाजमा आवद्ध युवाहरुले आफ्नो दैनिक खर्च तथा आफुले गरेको वचतबाट स्वेच्छिक रुपमा गरेको सहयोग बाट उठेको हो । गरीब, दुखी, श्रमिक विपन्न वर्गलाई खाना खुवाउन पाउँदा हामी खुशी र सन्तुष्ट छौँ ।”
देशैभरी कोरोनाको लहर बढेपछि उपत्यकामा निषेधाज्ञा निरन्तर जारी छ । निषेधाज्ञाका कारण दैनिक ज्याला(मजदुरी गरी खाने समुह अहिले सबै भन्दा बढी प्रभावित रहेको छ । कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरु भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएको अवस्थामा युवा समुहहरु सहयोग र सेवाकोलागी अगाडि आउनु सकारात्मक पक्ष हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend