शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेस नेता रामहरि खतिवडा यतिबेला कोरोना नियन्त्रण र रोकथामका लागि आफनै गृह जिल्ला ओखलढुंगामा निकै सक्रिय

कांग्रेस नेता रामहरि खतिवडा यतिबेला कोरोना नियन्त्रण र रोकथामका लागि आफनै गृह जिल्ला ओखलढुंगामा निकै सक्रिय

 

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा यति बेला कोरोना नियन्त्रण र रोकथामका लागि आफनै गृह जिल्ला ओखलढुंगामा निकै सक्रिय देखिएका छन् ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग पुगेर जिल्लामा स्वास्थ्य सामग्री लैजान, पिसिआर मेसिन पठाउन ताकेता गर्दै आएका खतिवडाले व्यक्तिगत रूपमा पनि लाखौं मूल्यका स्वास्थ्य सामग्री ओखलढुंगा लगिरहेका छन् ।

नेता खतिवडाले सोमबार खिजिदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोक्कालाई गाउँपालिकाका नौ वडामा नौ हजार मास्क र ४५ लिटर स्यानिटाइजर हस्तान्तरण गरेका छन् ।

ती सबै सामग्री उनले काठमाडौंबाट लिएर गएका हुन् । योसँगै आफूले सहयोग गरेको स्वास्थ्य सामग्री ओखलढुंगाका ७५ वडामा स्थानीयस्तरसम्म पुगेको उनले जानकारी दिए । उनले कोरोना महामारीका कारण सबैलाई भेट्न र देख्न नसकिए पनि सबैलाई सुरक्षित रूपमा बस्न आग्रह गरेका छन् ।

ओखलढुंगाबाट निर्वाचित एमाले सांसद यज्ञराज सुनुवार कोरोना कहरका बेला दूलो पसेका बेला कांग्रेस नेता खतिवडाले भने आफूलाई फ्रन्टलाइनरका रूपमा सक्रिय राखेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend