काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेनबाट १२ सय ८३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल ५ लाख ९५ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोनाका कारण थप १०८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend