काठमाडौं । बरिष्ठ कलाकार उद्धव मिश्र (उद्धे )सोमवार साँझ त्रिपुरेश्वरवाट लुटिएका छन । उनी अफिसवाट घर फर्कने क्रममा सोमवार बेलुका ७ः१५ मा त्रिपुरेश्वर स्थित रंगशाला नजिकै दुई जना अपरिचत लुटेराबाट लुटिएका हुन । लुटेराहरु उनी संग भएको केही नगद पैसा र मोवाईल फोन लुटि भागेका थिए । उनले यो घटनाको बिषयमा आफनो शान्ति सुरक्षाको माग गरि प्रहरीमा उजुरी समेत दिएको बताएका छन । यस घटनाको अनुसन्धानमा प्रहरी सक्रिय रहेको उनले जानकारी दिए । यो घटना रहस्यमय र सुनियोजित तवरले भएको मिश्रले बताए । उनले यस्ता गिरोहको पहिचान गरी अविलम्व कारवाही गरियोस् भनि जोडदार माग गरेका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend