काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षले राखेको शर्त स्वीकार गरेर एकता नहुने दाबी गरेका छन्। आइतबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए।त्यसमाथि सोमबार लिखित प्रतिक्रिया जनाउँदै नेता नेपालले ओलीको वक्तव्यको भ्रममा नपर्न आफू पक्षीय नेता कार्यकर्ताहरुलाई आह्वान गरेका थिए र ६ बुँदे प्रतिउत्तर प्रस्ताव रोखेका थिए।
नेता नेपालले राखेको शर्त स्वीकार गरेर पार्टी एकता नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार ट्वीटरमार्फत प्रतिक्रिया दिएका हुन्।
उनले यी शर्तमा नेपाल गुटसँग नभइ नेपाली कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका छन्। अब जेठ २ को रटानको अध्याय सकिएको उनको भनाइ छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब जेठ२को रटानको अध्याय सकिएको छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो १ अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असंभव कोशिस छोडौं।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend