कञ्चनपुर । कञ्चनपुरमा लागु औषध सेवनकर्ता र कारोबारीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। पछिल्लो तीन दिनको अवधिमै १० जनालाई प्रतिबन्धित लागु औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा १८ देखि २७ वर्ष उमेर समूहका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार शनिवार दोधारा चाँदनी र पुनर्वास नगरपालिकाबाट पाँच र आइतवार बेलडाँडी गाउँपालिका क्षेत्रबाट दुईजनालाई पक्राउ गरिएको छ। यस्तै, सोमवार शुक्लाफाँटा नगरपालिका १० झलारी बजार क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको क्षेत्रीले जानकारी दिए।
गत वैशाखदेखि जेठ २३ गतेसम्म ४५ जनालाई लागु औषधसहित पक्राउ परेका छन्। यस्तै, वैशाखदेखि हालसम्म लागु औषधका ३० वटा मुद्दा दर्ता भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend