शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

निषेधाज्ञामा पनि अनलाइन व्यवसायमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

निषेधाज्ञामा पनि अनलाइन व्यवसायमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

 

 

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा अनलाइन व्यवसाय नरोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा कुमार चुँडाल र सपना प्रधान मल्लको इजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलिभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

यस्तै आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म इ–कमर्शको सेवा प्रदान गर्दै आएका कम्पनीहरूको सेवामा रोक नलगाउन आदेश भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend