सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

 

 

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएप र इमोमार्फत लट्री परेको भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पर्सा वीरगञ्ज महानगरपालिका १८ बस्ने निरजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा २५ लाखको लट्री परेको भन्दै उनले लट्री प्राप्त गर्न लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई(सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्ने सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्तरनिवेदन लगायतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend