सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारले कोरोना परीक्षणको दायरा बढाउनेः स्वास्थ्यमन्त्री तामाङ

सरकारले कोरोना परीक्षणको दायरा बढाउनेः स्वास्थ्यमन्त्री तामाङ

 

 

 

काठमाडौं । सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाउने बताएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री तामाङले गाउँ गाउँमा समेत परीक्षणको दायरा बढाउने बताए ।

अहिलेपनि एन्टीजेन किट्हरु प्रयोगमा नआएको बताउँदै उनले ती किट् प्रयोग गरेर दायरा विस्तार गर्ने उनको भनाई छ । ‘सबैलाई परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा ल्याउने हाम्रो तयारी छ’ उनले भने ।

पछिल्लो समय पीसीआर परीक्षण घटाइएको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसबारे सोधिएको प्रश्नमा मन्त्री तामाङले परीक्षणको दायरामा विस्तार गर्ने सरकारको तयारी रहेको बताए

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend