शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओलीको ६ बुँदे प्रस्ताव आएको चौविस घण्टा नबित्दै देउवा, प्रचण्ड र नेपाल जुटे यस्तो गम्भिर छलफलमा

ओलीको ६ बुँदे प्रस्ताव आएको चौविस घण्टा नबित्दै देउवा, प्रचण्ड र नेपाल जुटे यस्तो गम्भिर छलफलमा

 

 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अगाडि सारेपछि विपक्षी गठवन्धनका नेताहरुबीच भेटवार्ता भएको छ । सोमबार बिहानैदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता र छलफल भइरहेको छ। यसैबीच सोमबार दिउँसो देउवाको बुढानीलकण्ठस्थित निवासमा देउवा, प्रचण्ड र नेपालबीच छलफल शुरु भएको छ। देउवा र नेपालबीचको छलफल चलिरहेका बेला प्रचण्ड पनि बुढानीलकण्ठ पुगेका हुन्। प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी एकताको आह्वान गर्दै पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउने बताएका छन्।
त्यसका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेशको माग गर्दै दायर भएको रिटमा एमालेका निवर्तमान सांसदहरुले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको शर्त छ। ओलीले पार्टी एकताका लागि सर्वोच्चमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अगाडि सारेपछि एमालेको माधव नेपाल पक्ष आन्तरिक छलफलमा समेत जुटेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend