सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जंगली च्याउ खाँदा इलाममा ४ जना विमारी, दुईको अवस्था गम्भिर

जंगली च्याउ खाँदा इलाममा ४ जना विमारी, दुईको अवस्था गम्भिर

 

 

इलाम । इलाममा जंगली च्याउ खाएर ४ जना विमारी परेका छन् । बिरामी मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । जिल्लाको सन्दकपुर गाँउपालिका १ खोलाघारी बस्ने बर्ष ५२ को जित बहादुर राई र सोही स्थान बस्ने बर्ष ५० को टिका बहादुर राईले जङगलि च्याउ ल्याएका थिए ।

त्यसपछि उनीहरुले ईलाम नगरपालिका ३ पुवामझुवा बस्ने बर्ष ३५ को बिरमान राईको घरमा उनीहरुले च्याउ पकाएर खाएको बताइएको छ ।

बिरमान राई र उनको श्रीमति बर्ष ३२ कि बिष्णु कुमारी राई समेत बिरामि भई ४ जनालाई जिल्ला अस्पताल इलाममा ल्याईएकोमा निजहरुको इलाम अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि झापाको वि एड सी अस्पताल रेफर गरेको बताइएको छ ।

त्यस्तै अन्य ४ जनाको सोही अस्पतालमा उपचार भई रहेको बताइएको छ । उपचारमा रहेका जित बहादुर राई र टिका बहादुर राईको अवस्था गम्भिर तथा बिरमान राई र निजको श्रीमति बिष्णु कुमारी राईको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend