सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अनलाइन फारम नभरे पनि खोप लगाउन पाइने

अनलाइन फारम नभरे पनि खोप लगाउन पाइने

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको लागि अनलाइन फाराम नभरे पनि खोप लगाउन पाइने जनाएको छ। सोमबार मन्त्रालयका प्रवक्ता डा।कृष्ण प्रसाद पौडेलले कोभिड प्रेस ब्रिफिङमा अनिवार्य रुपमा भर्नुपर्ने बाध्यता नरहेको बताएका हुन्।

उनका अनुसार पछि खोप लगाउँदा भीडभाड नहोस् र कति खोप चाहिने भन्ने अनुमानका लागि अनलाइन भर्न लगाएको हो। उनले भने, ‘कतिपय सर्वसाधारणले अनलाइन नभर्दा पछि खोप पाइने नपाइने भन्ने प्रश्न गरेका छन्,नभरे पनि खोपबाट बञ्चित गरिने छैन, उमेर समूहअनुसार खोप पालोमा लगाउन पाइन्छ।’

‘अनलाइन फारम भर्नासाथ खोपको व्यवस्था गर्न सकेका छैनौं, ’उनले भने, ‘हाम्रो देशमा खोप बन्दैन, विदेशबाट ल्याउनुपर्छ, त्यहाँ पनि विभिन्न कारणले खोप दिन समस्या आएको छ, उमेर समूहअनुसार पालो जानुपर्ने हुन्छ, सबैलाई नै खोप लगाउँछौं।’

सरकारले गत वैशाख १८ गतेदेखि १८ वर्षमाथि उमेर समूहका खोपका लागि अनलाइन फारम खुलाएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend