सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मन्त्रीपरिषद पुर्नगठन संगै झन चुलिदै गयो बिवाद

मन्त्रीपरिषद पुर्नगठन संगै झन चुलिदै गयो बिवाद

डा डीआर उपाध्याय,

 

प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यति बेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरु सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन । नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन । उनीहरुले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद बिस्तार संगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक कोरोना भाईरस र त्यसवाट उत्पन्न समस्या बाट गुर्जिन बाध्य भएका छन । देशको राजनीति नै सहि बाटोमा जान नसके पछि समस्या त्यत्तिकै बढेर जानु स्वभाविक हो । आज राजनीति सहि बाटोमा गएको हुन्थ्यो भने सबै कुरा राम्रो हुदै जान्थ्यो । त्यस्तो राम्रो संकेत केही देखिएन । बिपक्षी दल नेपाली काँगे्रस देखी माधव झलनाथ समूह, नेकपा माओवादी केन्द्र ,जसपाको उपेन्द्र समूह लगायत दलहरु आ आफनो राजनीति रणनीति बनाउन ब्यस्त छन । पछिल्लो राजनीति गतिबिधिले मुलुक मुढभेडमा जाने हो की भन्ने चिन्ता पनि बढेर गएको अवस्था छ । मुलुकलाई सहि ठाउँमा ल्याउन दलहरु मिलेर जानु पर्नेमा धुव्रीकरण बनेका छन ।

जनता यो पछिल्लो राजनीति गतिविधि देखेर वाक्क दिक्क छन । देशलाई बिकासको बाटोमा लान छोडेर दलहरु एक आपसमा झै झगडा गरिरहेका छन । यो राम्रो संकेत होइन । जनताले लडेर ल्याएका यी प्राप्त उपलव्धिहरु गुम्ने हो की भन्ने चिन्ता बढेर गएको छ । आज दलहरु नमिल्नाले यी समस्याहरु उत्पन्न भैरहेका छन । एमाले भित्रको बिवादले झन संकट निम्त्याएको छ । एमाले पार्टी मिल्ला मिल्ला जस्तो देखिन्छ फेरि भाँडिन्छ । यो कस्को स्वार्थमा यस्तो भइरहेको छ कुनै पत्तो छैन । यति बेला जनता चरम निराशामा छन । जनताको दुखेको मनमा मलम पट्टि लगाईदिने कोही छैनन् । जनता खाई नखाई कर तिर्छन तर आफूले राज्यवाट कुनै सेवा सुबिधा सहजरुपमा पाउन सकिरहेका छैनन् । यस्तो भए पछि जनता निराश हुनु स्वभाविक नै हो । जनता निराश हुनु भनेको राम्रो कुरा होइन, यसले ब्यवस्था माथि नै संकट ल्याउँछ । संकटबाट पार पाउँनका लागी दल र तिनका नेताहरु इमान्दार बन्नु पर्ने जरुरी देखिएको छ । दलहरु इमान्दार नबन्दा यो समस्या उत्पन्न भएको हो । आज जसरी दलहरु आ आफनो स्वार्थ पूर्ति हुने खालका डम्फू बजाउँदै हिडिरहेका छन त्यसले राम्रो संकेत दिइरहेको छैन । प्रधानमन्त्री ओलीले आफनै पार्टी मिलाउन नसकेर जसरी सत्ता लम्व्याउनका लागी जसपा ठाकुर समूहलाई सरकारमा सहभागी गराउनु भएको छ त्यसले मुलुकलाई सहजरुपमा अगाडी बढाउला जस्तो संकेत देखिदैन । मुलुक फेरि मुढभेड तर्फ जाने खतरा देखिएको छ । विपक्षी दलहरु फेरि संसद पुनःस्थापना हुने कुरामा ढुक्क छन । फेरि संसद पुनःस्थापना भैहाल्यो भने मुलुकको राजनीति सहि बाटोमा आउने बिश्वास बिपक्षी दलहरुले लिएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend