काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको परिस्थितिमा मन्त्रिमण्डल पुनर्गठन गरेकोको प्रति आपत्ति जनाएको छ ।
विपक्षी गठबन्धनका पाँच राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको ठहर गरेको छ ।
ओली नेतृत्वको सरकारले राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेर जारी गरिएको वक्तव्यमा चुरे क्षेत्रको उत्खनन् गर्न दिने निर्णय प्रतिपनि आपत्ति प्रकट गरेका छन् ।
हेर्नुहोस् वक्तव्य

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend