काठमाडौं । नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता तथा पुर्ब सांसद रामहरी खतिवडा काठमाडौंबाट स्वास्थ्य सामग्री लिएर आफनो गृह जिल्ला ओखलढुङा पुगेका छन । उनी कोभिड १९ को दोश्रो लहरको रोकथामको निमित्त ९५ हजार सर्जिकल मास्क,२००० के एन ९५ मास्क, ४५० लिटर सेनिटाइजर, १५० थान पि पि ए सेट १५०० थान हात धुने साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु लिएर आफनो गृह जिल्ला ओखलढुङा पुगेका हुन । उनले आफूले लगेको सम्पूर्ण स्वास्थ्य सामाग्रीहरु स्थानीय तहलाई वितरण गरेको बताए । उनी आफनो गृह जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन । 
उनले केही दिन अघि स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई भेटेर दोस्रो चरणको खोप उपलब्ध गराउन पि सिआर ल्याव ओखलढुंगामा राख्न माग गरेका थिए ।
खतिवडाले सचिव अर्याललाई जिल्लामा सुविधासम्पन्न कोभिड अस्पताल स्थापना गर्न समेत ध्यानाकणर् गराएका थिए । संकटको बेला सबैलाई सुरिक्षत रहन आग्रह गर्दै जिल्लाबासी नागरिकको स्वास्थ्यसुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापन संघिय सांसद र प्रदेश मन्त्रीले गर्नुपर्ने भएपनि उनिहरुले त्यस विषयमा ध्यान नदिएको उनले बताए । पिसिआर गर्न स्वाब लिएर काठमाडौं, विराटनगर, धरान पठाउनुपर्दा खर्चिलो र झन्जटिलो हुने भएकाले जिल्लामै पिसिआर ल्याव राख्नका लागि आग्रह गरेको उनको भनाइ छ । त्यसका लागि आफुले जुनसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपनि जिल्लामा पर्याप्त पूर्वतयारी नहुँदा समस्या उत्पन्न भएको उनले बताए ।
कोरोनाको लक्षण देखिएका बिरामी गाउँ गाउँमा बढेपनि एन्टिजेन र पिसिआर परीक्षण गर्ने किट अभावका कारण कोरोना परीक्षण हुन नसकेको उनले बताए । अहिले ओखलढुंगामा संकलन गरेको स्वाब जाँच गर्न टेकु पठाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend