काठमाडौं । सरकारले साल्ट ट्रेडिङ र खाद्य ब्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ।
बजेटमार्फत घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट शुक्रवारबाट लागू हुने छ। कोभिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन्।
साल्ट ट्रेडिङ र खाद्य व्यावस्था कम्पनी लिमिटेडले आफूले बिक्री गर्ने सामाग्रीमा २० प्रतिशत छुट दिनेछन्। १४ सय रुपैयाँ प्रति सिलिन्टर पर्ने एसटीसी ग्यासमा २८० रुपैयाँ कम घटेर ११२० रुपैयाँमा पाइने छ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को आय( व्ययको बजेट वक्तव्यको राहत सहुलियत र आर्थिक पुनरुत्थानू कार्यक्रमको बुँदा नं ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट बिक्री हुने बस्तुमा छुटको घोषणा गरेको थियो।
जसमा चामल, पिठो, दाल, नून, खानेतेल, चिनि, तथा खाना पकाउने ग्यास रहेका छन्।


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend