काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले बताए। बस्नेत करिब दुई दशक कान्तिपुर पब्लिकेशनसँग आवद्ध थिए।
तत्कालीन अध्यक्ष भवानी बराललाई सर्वोच्च अदालतले कामकाजमा रोक लगाएपछि काउन्सिल कार्यवहाक अध्यक्षका भरमा चल्दै आएको थियो। केही समयअघि दुर्गा भण्डारीलाई अध्यक्ष नियुक्त गरिए पनि सर्वोच्च अदालतले नै अन्तरिम आदेश जारी गरेर काम गर्न रोक लगाएको थियो। हाल काउन्सिलको वरिष्ठ सदस्यका हैसियतमा गोपाल बुढाथोकी कार्यवहाक अध्यक्ष छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend