काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक बसिरहेको छ । पार्टीको १४ औं महाधिवेशनको सन्दर्भ र देशको पछिल्लो राजनीतिक घटनाक्रममा दिउँसो २ः ३० बजेबाट सुरु भएको भर्चुअल मिटिङ जारी रहेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । वरिष्ठ नेता पौडेलको अगुवाइमा भएको बैठकमा नेता कृष्णप्रसाद सिटौला पक्षीय केन्द्रीय सदस्य पनि सहभागी रहेको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend