सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बार्ताको सहज बातावरण बनिरहेका बेला माधवपक्षीय दोस्रो तहकै नेताले दिए  एकाएक यस्तो आपत्तिजनक  अभिब्यक्ति

बार्ताको सहज बातावरण बनिरहेका बेला माधवपक्षीय दोस्रो तहकै नेताले दिए  एकाएक यस्तो आपत्तिजनक  अभिब्यक्ति

 

काठमाडौं । एमाले संघर्ष वारपारको दिशामा अग्रसर भइरहेका बेला दोस्रो तहका नेता संवादमा छन् । तर दोस्रो तहकै नेताले भने आपत्ति जनाएका छन् ।

झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेता तथा अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र राईले दोस्रो तहका नेताहरूको संवादलाई निर्लज्ज भनेका हुन् । “वार्ता र चाहिएको, चाहेको हो भने वार्ता आरम्भ भएर सहमतिको खाका निर्माण गरिँदै गर्दा फेरि एकपछि अर्को गर्दै कारबाहीको डण्डा किन चलाउनु,” उनले भनेका छन्, “खुँदै वार्ता टोलीका शीर्ष सदस्यलाई समेत कारबाही किन गर्नु रु एकता चाहने हो भने बरु गरिएका कारबाहीहरुको फुकुवा गर्दै पो जानु पर्छ त !”

उनले वार्ता आरम्भपछि आफ्ना शीर्ष नेताहरू सहित अनेक दबाबसँग जुधेर अति कठिन परिस्थितिमा आफ्ना पछि लागेका सांसदहरुलाई र खुद वार्ता टोलीका एक शीर्ष नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएपछि कुन मुख लिएर वार्ता गर्ने भन्दै प्रश्न गरेका छन् ।

“कारबाही गर्ने नियतले वार्ता टोलीका अन्य सदस्यलाई स्पष्टीकरण सोध्ने र विभिन्न प्रदेशका सांसदहरूलाई कारबाही प्रक्रिया आरम्भ गरिएको अवस्थामा कुन मुख लिएर वार्ता गर्न सकिन्छ ?,” उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “त्यसैले यथा अवस्थाको वार्ता अनाधिकृत वा व्यक्तिगत मात्र हो र यो वार्ता निर्लज्ज प्रकृतिको हो ! साँच्चै आधिकारिक वार्ता गर्ने हो भने नयाँ परिस्थिति निर्माण गरी नयाँ सहमति (वार्ताकै लागि पनि) जरुरी छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend