काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । मंगलबार उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । उनको निधनप्रति प्रधानमन्त्रीसहित विभिन्न दलका नेता तथा शुभेच्छुकले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend