काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खकेन्द्र तिमिल्सैनाले केपि ओलि नेतृत्वको सरकार असफल भएको दाबि गरेका छन । हामी संगको कुराकानीमा उनले यस्तो बताएका हुन । अल्पमतमा परिसकेको सरकार मसँग बहुमत छ भन्नु लाजमर्दो र जनतालाई बेकुब बनाउने कुरा भएको उनको भनाइ छ । माओवादी केन्द्र, काग्रेस सहितको प्रतिपक्षी गठबन्धनका सांसदहरूले हस्ताक्षर सहित अदालतमा स्वयम उपस्थित भएर संसदलाइ असंवैधानिक तरिकाले गरेको बिगठनको बिरुद्ध रिट दायर गरेकाले चाडै संसद पुन स्थापित हुने नेता तिमिल्सैनाको बिस्वास छ । केपि ओलिको कुकर्मले मुलुकमा गणतन्त्र माथि नै प्रहार भएको संविधानको मर्म र भावना विपरित कार्य भएको भन्दै अब सरकारमा बसिरहनुको कुनै औचित्य नभएको उनको ठम्याइ छ। जनताको मत कुल्चेर चुनावको बाहानामा कुर्सी जोगाउने खेलमा लागेको यो सरकारले ल्याएको बजेटमा अधिकाशं बिषय मत बटुल्नकै लागि ल्याइएका खोक्रा नारा मात्र भएको त्यो कार्यन्वयन हुने कुरा भ्रम मात्र भएको उनको बिश्लेष्ण छ । नेपालको इतिहासमै यति गैरजिम्मेवार सरकार अरु नभएको भन्दै तिमिल्सैनाले यो सरकारको बिकल्प दिनु आजको आवस्यकता भएको कुरा बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend