सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकार सहमत

रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकार सहमत

 

 

काठमाडौं । कैलालीको टीकापुरमा १ नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको नरसंहारका दोषी रेशम चौधरीलाई रिहाइका लागि पहल गर्न सरकार तयार भएको छ।

थारु कल्याणकारी सभा, थारुहट संयुक्त संघर्ष समितिसँग भएको वार्तापछि सरकारले रेशमसहितका नेताहरु रिहाका लागि पहल गर्न सहमति जनाएको हो।

नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानतेसहित सात प्रहरी र एक बालकको ज्यान जानेगरी भएको घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीको रिहाइका लागि सरकार कानुनी पहल गर्ने सहमतिपत्रमा सरकारले हस्ताक्षर गरेको हो।

कर्तव्य ज्यानसहितका अनेक मुद्दा खेपिरहेका रेशम अहिले डिल्ली बजार जेलमा छन्।

सहमतिअनुसार टीकापुर घटनाका दोषी रेशमलाल चौधरी, लक्ष्मण चौधरी, धनीराम चौधरीलगायत माथिको सबै मुद्दा फिर्ता र रिहाइका लागि सरकारले संविधान र कानूनसम्मत पहल गर्ने भएको छ।

उक्त ६ बुँदे सहमतिमा सरकारका तर्फबाट कानुनमन्त्री एवम् वार्ता टोलीका प्रमुख लीलानाथ श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाकार डा राजन भट्टराई र एमाले नेतृ भगवती चौधरीले हस्ताक्षर गरेका छन् । थारु कल्याणकारी सभासहितका समूहबाट वार्ता संयोजक रुकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend