प्रतिकात्मक तस्वीर
काठमाडौंमा प्रेस कार्ड दुरुपयोग गर्ने १ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका घर भई हाल गोलढुंगा बस्ने २६ वर्षीय सुजन श्रेष्ठलाई पक्राउ गरिएको हो । प्र३ ०२ ००६प ५८६१ नम्बर पल्सर मोटरसाइकलमा सवार श्रेष्ठले मनोज खत्रीको प्रेस कार्ड प्रयोग गरी दुरुपयोग गरेको देखिँदा पक्राउ गरी प्रहरी प्रभाग नयाँ बसपार्कमा पठाइएको महाशाखाले जनाएको छ । श्रेष्ठले पत्रकार ऋषि धमला सञ्चालक रहेको प्राइम टाईम्स टेलिभिजनको प्रेस कार्ड बोकेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend