शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पार्टी एकताका लागि भर्खरै आयो एमालेको यस्तो निर्णय

पार्टी एकताका लागि भर्खरै आयो एमालेको यस्तो निर्णय

फाईल तस्बिर

काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो भने अरू १२ जना नेतालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका १२ जना नेताले जवाफ नदिएपछि उनीहरूमाथि थप कारबाही गर्ने तयारी भइरहँदा हिजो बेलुकी दुवै पक्षका दोस्रो तहका नेताबीच एकताका लागि थप पहल गर्ने समझदारी बनेको थियो । त्यही समझदारीअनुसार १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend