काठमाडौं । एमाले नेता भीम रावलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री ओलीलाई व्यंग्य गरेका छन् ।
ट्विट गर्दै उनले ८ मन्त्रालय किन २० नै दिए भयो नी, त्यसो गर्दा खुसी पार्नुपर्ने शक्ति केन्द्र पनि खुसी हुन्छ भन्दै प्रश्न गरेका छन् ।
जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो’ रावलले भनेका छन्, ‘प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँँग राखेर पूरै समर्पण गरी धूपवत्ती गरे कसो होला ? ’ यसो गर्दा ओलीले खुसी पार्न खोजेको शक्ति पनि मख्ख पर्ने भनाइ रावलको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend