सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रास्वपा कोशी प्रदेश उपसभापतिमा सुशिल दोर्जे शेर्पाको उम्मेदवारी

रास्वपा कोशी प्रदेश उपसभापतिमा सुशिल दोर्जे शेर्पाको उम्मेदवारी

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको उपसभापति पदका लागि दोर्जी शुशिल शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संगठनलाई थप सशक्त, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको शेर्पाले बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै शेर्पाले कोशी प्रदेशमा पार्टीलाई अझ मजबुत बनाउने, कार्यकर्ताको भावना र जनताको अपेक्षाअनुसार काम गर्ने तथा संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा लिँदै सबै उम्मेदवारहरूलाई शुभकामना समेत दिएका छन्।
शेर्पाले निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्दै प्रतिनिधि साथीहरूबाट आफूलाई आवश्यक सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे। उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान र एकताले संगठनलाई थप उचाइमा पुर्‍याउने विश्वास समेत व्यक्त गरेका छन्।
“मैले राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको उपसभापति पदका लागि उम्मेदवारी दिएको छु। सबै उम्मेदवारहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। सफल निर्वाचनको कामना गर्दै प्रतिनिधि साथीहरूले मलाई सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु,” शेर्पाले भने।
रास्वपा कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको छ। निर्वाचनबाट चयन हुने नेतृत्वले प्रदेशमा पार्टीको आगामी राजनीतिक दिशा र संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend