सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संगम : ORA ले नेपालमै उत्पादन गर्दै विश्वस्तरीय स्किन केयर सामग्री

कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संगम : ORA ले नेपालमै उत्पादन गर्दै विश्वस्तरीय स्किन केयर सामग्री

काठमाडौं । नेपाली सौन्दर्य तथा स्किन केयर उद्योगमा नयाँ सम्भावना सिर्जना गर्ने लक्ष्यसहित ORA ब्रान्डले नेपालमै विश्वस्तरीय स्किन केयर तथा कस्मेटिक्स उत्पादन गरिरहेको जनाएको छ। काठमाडौंमा आयोजित ORA प्रेस मिट २०२६ मा कम्पनीले कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपाली उपभोक्ताका लागि अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू उपलब्ध गराइरहेको जानकारी दिएको हो।
N. K. Cosmetics Private Limited अन्तर्गत उत्पादन भइरहेको ORA ब्रान्ड नेपाली तथा कोरियन उद्यमीहरूको संयुक्त सहकार्यको परिणाम भएको कम्पनीले जनाएको छ। कम्पनीले नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित ललितपुरको इमाडोलमा करिब ३५ करोड रुपैयाँ लगानीमा उद्योग स्थापना गरेको छ।
हाल कम्पनीले ९ वटा प्रमुख उत्पादन बजारमा ल्याइसकेको छ भने निकट भविष्यमा थप १० देखि १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। कम्पनीका अनुसार उद्योगको उत्पादन क्षमता विस्तारसँगै १०० भन्दा बढी विभिन्न प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्यसम्बन्धी सामग्रीहरू उत्पादन गर्न सकिने क्षमता रहेको छ।
कम्पनीको नेतृत्व गैरआवासीय नेपाली संघ (NRNA) का पूर्व अध्यक्ष विनोद कुँवर ले गरिरहेका छन्। त्यस्तै कोरियन स्किन केयर उद्योगमा लामो अनुभव हासिल गरेका K-Beauty विज्ञ Jae Ho Hur ले उत्पादन विकास, प्राविधिक ज्ञान तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
कम्पनीले नेपाललाई गुणस्तरीय कस्मेटिक्स तथा स्किन केयर उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ। ORA लाई दक्षिण एशियाबाट विश्व बजारसम्म विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने योजना कम्पनीको रहेको छ।
हाल कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारी कार्यरत छन्। औद्योगिक विकासमार्फत रोजगारी सिर्जना, सीप विकास, सरकारी राजस्व वृद्धि, जीडीपीमा योगदान तथा भविष्यमा निर्यात प्रवर्द्धन गरेर नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार ORA उत्पादनहरू नेपालभरका अधिकृत वितरक, होलसेल नेटवर्क, खुद्रा पसल तथा विभिन्न अनलाइन प्लेटफर्ममार्फत सहज रूपमा उपलब्ध छन्। उत्पादन सार्वजनिक भएको चार महिनाको अवधिमै लाखौं प्रयोगकर्तामाझ पुग्न सफल भएको दाबी गर्दै कम्पनीले उपभोक्ताबाट प्राप्त विश्वास र सकारात्मक प्रतिक्रियाले आफूहरूलाई थप उत्साहित बनाएको जनाएको छ।
ORA ले नेपाली मौसम, जीवनशैली तथा छालाको आवश्यकतालाई ध्यानमा राख्दै कोरियन अनुसन्धान, प्रविधि र कच्चा पदार्थको प्रयोगबाट उत्पादन विकास गरेको जनाएको छ। यसले विदेशी उत्पादनमा निर्भरता कम गर्दै नेपालमै अन्तर्राष्ट्रिय स्तरको विकल्प उपलब्ध गराएको कम्पनीको भनाइ छ।
कम्पनीले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री परीक्षा लिम्बू लाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ। उहाँको लोकप्रियता र सकारात्मक प्रभावले ORA ब्रान्डलाई अझ व्यापक रूपमा उपभोक्तामाझ पुर्याउन सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार ORA केवल कस्मेटिक्स उत्पादनको ब्रान्ड मात्र नभई गुणस्तर, विश्वास र आत्मविश्वासको प्रतीक हो। स्थानीय उत्पादन प्रवर्द्धन, विदेशी मुद्रा बचत, कर राजस्व वृद्धि तथा भविष्यमा निर्यात विस्तारमार्फत नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धतासहित कम्पनी अगाडि बढिरहेको जनाएको छ।
प्रेस मिटमा कम्पनीले उपभोक्ता, वितरक, खुद्रा व्यवसायी, साझेदार संस्था, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सुरक्षित, प्रभावकारी तथा विश्वस्तरीय उत्पादनहरू बजारमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend