काठमाडौं । आज परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । दिउँसो २ः३० बजे परराष्ट्रमन्त्री खनाल भारत भ्रमणका लागि प्रस्थान गर्नेछन् ।
भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।
भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किंदै छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend