काठमाडौ १० असार । एसइई नतिजा भोलि काठमाडौं । बिद्यार्थीहरुको लागी फलामको ढोका मानिने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार (भोलि) प्रकाशन गरिने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको बताउँदै सम्भवतः बुधबार नै प्रकाशित हुने बताएको हो । प्राविधिक पक्ष मिलाउन ढिलाई भएमा बिहीबारसम्म नतिजा आउँने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend