काठमाडौँ ८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले जानकारी दिए । एकता प्रक्रिया छिटो टुङ्गयाउने बिषयमा छलफल भएपनि कुनै निर्णैय भने नभएको नेताहरुले बताएका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणबा बिषयमा पार्टी नेतृत्वलाई विफ्रिङ गरेका थिए ।
केन्द्रीय सदस्यहरुको कार्य्विभाजन टुङ्गो लगाउन भनेर बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे बिफ्रिङ गराएको नेता बामदेव गौतमले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend