सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज विश्व योग दिवसः यस्ता छन् योगका फाइदा !

आज विश्व योग दिवसः यस्ता छन् योगका फाइदा !

विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ ।
व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो ।

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन् । चित्त वृत्तिको निरोध नै योग हो भनेर पतञ्जलिले भनेका छन् । योगले चित्त् र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन् । हरेक मानिस स्वस्थ रहन चाहन्छन् ।

तर, जति कोसिस गरे पनि रोगले छोड्दैन् । थाहै नदिकन रोग लाग्ने गर्छन् । स्वस्थ रहनको लागि मानिस बिहानबिहानै जीम गर्छछन, दौड्छन, नृत्य गर्छन, कराते, ब्याडमिन्टन, एरोबिक जस्ता खेल खेल्छन्, तैपनि भनेजस्तो हुँदैन् । स्वस्थ रहनको लागि यस्ता उपाय अपनाए पनि पूर्ण रुपले फाइदा दिएको हुदैन् । तर योगका फाइदा भने अनगिन्ती छन् ।

१. योगले सम्पुर्ण अंग तथा कोषलाई प्राणवान् र स्वस्थ बनाउँछ, भने अन्य अभ्यासले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र प्रभाव पार्छ ।

२. योग बिनाखर्चको गर्न सकिन्छ । यसमा न त सहयोगी चाहिन्छ न कुनै ठूलो उपकरण । जबकी अन्य अभ्यास गर्दा बढि खर्चिला हुन्छन् । ठूलो स्थान, साधन, सहयोगी आदिको आवश्यकता पर्दछ ।

३. योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न मदत गर्दछ भने अन्य अभ्यासबाट यस्ता प्रक्रिया नै छैन् ।

४.योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हुन्छ ।

५. योगका लागी धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा हेभ्भी डाइट को आवश्यता पर्दछ ।

६. योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शरीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।

७. योगले रोगको प्रतिरोधात्मक क्षमतालाई विकास गर्छ र विकार शक्तिलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउन मदत गर्दछ ।

८. योग गर्नाले रिढ लचिलो हुन्छ । रिढ को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।

९. योगाभ्यासले सम्पुर्ण नश–नाडी तथा रक्तनली शुद्ध गर्छ । जबकी अरु शरीरिक व्यायाममा यस्तो पाइँदैन् ।

१०. योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।

११. योग गर्नाले कुनै सइड यफेक्ट हुदैन् जवकी अन्य अभ्यासबाट पाचन प्रणाली बिग्रने, लामो समय पछि मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन् ।

१२. योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।

१३. योगले नैतिक शिक्षा , मनको निग्रह , बुद्घि विकास , सत्गुण विकास , शान्ति , अहिंसा तथा समग्र जिउने तरिका सिकाउँछ ।
१४. शरीरमा हर्मोन्स तथा यन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगकिो ठुलो भूमिका रहेको छ ।

१५. योग सर्वोत्तम पद्घति हो, जसले शारीरिक, मानसिक, बौद्घिक तथा आत्मिक विकासका लागि गरिन्छ । यसको दाँजोमा अन्य कुनै पनि शरीरिक व्यायाम आउनै सक्दैनन् ।

तसर्थ स्वस्थ रहनको लागि योग अति नै फलदायक मानिन्छ । अतः स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई विर्सनु हुदैन् । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको मद्दतबाट सिक्नु राम्रो हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend