सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगारीको दुखद पक्षः एक दशकमा ज्यान गुमाउनेको संख्या ७ हजार भन्दा बढी

वैदेशिक रोजगारीको दुखद पक्षः एक दशकमा ज्यान गुमाउनेको संख्या ७ हजार भन्दा बढी

काठमाडौं , ५ असार । वैदेशिक रोजगार जानु नेपाली यूवायूवतीको लागी बाध्यता हो । स्वदेशमा रोजगारीको अवसर कम भएकै कारण रोजगारीको खोजिमा खाडी लगायत अन्यमा मुलुकमा नेपालका तन्नेरीहरु रगत पसिना बगाउन बाध्यछन् । ती नौजवान तन्नेरीहरुले दुख गरेर कमाएर पठाएको रेमिटयान्स् बाट नै नेपालको अर्थतन्त्र चलाएमान हुँदै आएको छ ।

तर अर्कोतिर रेमिटयान्स आउने कुरा सुखद भए पनि दैनिक जसो यूवाहरुको बाक्सका लास आउने कुरा दुखद बन्दै गएको छ । वैदेशिक रोजगारीका क्रममा दैनिक जसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ३ देखि ४ जनाको शव आउने गर्छ । यस्तै वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गुमाएको पाईएको छ ।

नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ । वैदेशिक रोजगार बोर्र्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ ।

धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ । कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्।आर्थिक वर्ष ०६६र६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये १६८ महिला छन्। बोर्डका अनुसार चालू आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६६७ जनाकोे मृत्यु भएको छ । त्यसमा २१ जना महिला थिए ।

वैदेशिक रोजगारीमा रहेका कामदारले खानपान, आराम तथा कार्यस्थलमा अपनाउने सुरक्षा सचेतना हुनसके वैदेशिक रोजगारीमा हुने मृत्यु रोक्न सकिने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए । आउँदो साउनदेखि पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रममा व्यापक सुधार गर्न लागेको उनको भनाइ छ ।

श्रमविज्ञ गणेशमान गुरुङले श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्नसके मात्र वास्तविक तथ्य पत्ता लाग्ने बताए । यहाँ मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको छ।

चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको छ। दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने र राति एसीमा सुत्ने कारण पनि बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेको उनको बुझाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend