सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्य — प्रधानमन्त्री

आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्य — प्रधानमन्त्री

काठमाडौ ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय, अमर्या्िदत व्यवहार देखाएको आरोप लगाएका छन् । संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्य  लाग्दो भएको बताए ।मंगलबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा, प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहट देखाएको बताए ।

उनले अघि भने, ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयताविरुद्ध, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको छ । घोर दक्षिणदेखि घोर वामपन्थी समेत एकजुट भएका छन् ।’यसप्रति सहज हुनुपर्ने कांग्रेस आफैं परिर्वतनकारी शक्तिहरुलाई विथोल्न लागेको उनको आरोप छ । अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी फुत्त कतैबाट निस्किएर सरकारमा पुगेको नभई लामो उतारचढाव पार गर्दै आएको प्रधानमन्त्री ओलीले बताए ।

मर्या्िदत प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको भन्दै लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्द भएर लागेको बताए । प्रधानमन्त्री ओलीले लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाए ।
साथै उनले कंग्रेसलाई आवेग उत्तेजना र भावनामा नबहकिन आग्रह गरेका छन् । उनले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र पछाडि बस्ने तत्वले फाइदा लिए । त्यसैले आवेग र उत्तेजनामा गएर सबैलाई पनि फाइदा पुग्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी नेपाली कांग्रसले संसदमा आज बोल्न रोकेकोमा दुःख व्यक्त गरेका छन् ।उनले ट्विट गर्दै भनेका छन, ‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’

ओलीले आज साँझ पाँच बजे पत्रकार बोलाएका छन् । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिए ।प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न पुगेका ओलीले नेपाली कांग्रेसको अवरोधका कारण सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन डाकेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend