काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रिक्त महासचिव पदमा सरोज पोखरेललाई मनोनयन गरेको छ । संघको शुक्रबारको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष रहेका पोखरेललाई संघको आगामी असारको २७ गते हुने निर्वाचनमा मञ्चले अध्यक्षको उम्मेदवार बनाउने लगभग पक्का छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend