काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण गरी स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।
ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री ओलीको स्वागतका लागि विभानस्थल पुगेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend